संगीत

जुम्ल्याहा जोडीको त्रिशुली किनारमा ‘छल छल’

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १६:४७ बजे

काठमाडौँ - टिकटकबाट म्युजिक भिडियोमा छाउनेमा प्रिज्मा र प्रिन्सी खतिवडा एक नम्बर छन् । यस्तै पुरुषतर्फ अमर र अमृत दाहाल पनि टिकटकमा उत्तिकै लोकप्रिय छन् । यी दुवै जोडीको समान विशेषता के हो भने दुवै जुम्ल्याहा हुन् ।  यिनै जुम्ल्याहा जोडीलाई लिएर विधान कार्कीले ‘छल छल’बोलको गीतमा भिडियो बनाएका छन् । 

शुक्रबार सार्वजनिक भएको गीतमा दुवै जोडी त्रिशुली किनारमा छमछमी नाचेका छन् । गीतमा संगीत र एरेन्ज अर्जुन पोखरेलको हो भने गीतका शब्द लेखेका छन् दिनेशराज पुरीले । गीतलाई छायांकन गरेका छन् नवराज उप्रेतीले । गीतमा दुर्गा खरेल र सरोज साजन श्रेष्ठको स्वर रहेको छ ।  



Author

थप समाचार
x