संगीत

'द-बाङ टुर' को १० नेपाली कलाकारले बुधबार एलओडीमा पहिलो 'शो' गर्ने

इकागज |
जेठ १, २०७९ आइतबार १९:० बजे

काठमाडौँ- 'द-बाङ द टुर' रिलोडेडको प्रि 'शो' ठमेलको एलओडी क्लबबाट सांगीतिक कार्यक्रम सुरू हुने भएको छ । 'द-बाङ द टुर' रिलोडेड मा सहभागी १० जना नेपाली कलाकारले आगामी बुधबार एलओडीमा प्रस्तुति दिने भएका हुन् ।

द- बाङको टुरको पहिलो 'शो' ठमेलबाट सुरू हुन लागेको एलओडी क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली कलाकार सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सन्जु मोक्तान,  टुन्ना बेल्ला थापा,  प्रवेश कुमार श्रेष्ठ र समीर श्रेष्ठले एकसाथ प्रस्तुति दिने छन् ।


एलओडीमा हुने द-बाङ द टुरको शो मा प्रवेश टिकट पाँच हजार रुपैयाँ लाग्ने छ । 'एलओडीको हुने 'शो' हेर्न दर्शकले खरिद गरिएको टिकटले दशरथ रंगशालामा हुने ड-बाङ टुरको शो हेर्न पाउँछन्, ' श्रेष्ठले भने,' एकै टिकटले दुवै ठाउँमा कार्यक्रम हेर्न पाइन्छ । सोही दिन एलओडीमा एक टिकट बराबर (ड्रिङ्कस स्किम) पाउँनेछन् ।'

बलिउड स्टार सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिनेछन् । सोही दिनको कार्यक्रममा सहभागी हुने नेपाली कलाकारले एलओडीमा प्रस्तुति दिन लागेका हुन् ।

दिउँसो १२ बजेदेखि खुला हुने रंगशालामा डिजेबाट सांगीतिक कार्यक्रमको सुरु हुनेछ ।


Author

थप समाचार
x