प्रमुख समाचार

मिर्चैया नगरपालिकामा माओवादीका यादव र देवी पुनः विजयी

इकागज |
जेठ ७, २०७९ शनिबार १४:५ बजे

काठमाडौँ- सिरहाको मिर्चैया नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुनः विजयी भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित मेयर र उपमेयर पुनः विजयी भएका हुन् ।

माओवादीका मेयर उम्मेदवार श्रवणकुमार यादवले ५ हजार २ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन् । यादवका निकटतम नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७ सय १० मत ल्याएका छन् ।


त्यस्तै, उपमेयरमा जिवछी-देवी ५ हजार ७० मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी अनिता साहले ५ हजार २६ मत ल्याएकी छन् ।

गत निर्वाचनमा मेयर यादवले ४ हजार ७ सय ३६ र उपमेयर देवीले ४ हजार ९ सय ३९ मत प्राप्त गरेकी थिइन् ।


Author

थप समाचार
x