प्रमुख समाचार

मुख्यमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएपछि बागमती सभामा माओवादीको अवरोध

इकागज |
चैत २५, २०७७ बुधबार १८:१७ बजे

हेटौंडा : मुख्यमन्त्री डोरमणि पौडेलले सभामा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको भन्दै नेकपा माओवादी केन्द्रले आज बसेको बागमती प्रदेश सभा बैठकमा अवरोध गरेको छ । माओवादीले अवरोध गरेपछि बैठक स्थगित गरिएको छ । सांसदले सोधेका प्रश्नको मुख्यमन्त्री पौडेलले उचित जवाफ नदिएको भन्दै माओवादी सांसदहरूले उठेर विरोध जनाएका थिए । 

बिहीबार बिहान ११ बजेसम्मको लागि संसदको बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए । नेकपा माओवादी बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारको जवाफ चित्त नबुझेको भन्दै तथ्यपरक र सहि जानकारी दिनुपर्ने भन्दै विरोध जनाएपछि संसद स्थगित भएको थियो । 


बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावको समर्थक रहेका अरुण नेपालको तर्फबाट कृष्ण भूर्तेलले प्रस्ताव फिर्ता लिएका थिए । 
बैठकमा मुख्यमन्त्री पौडेलले सरकार भ्रष्ट नभएको बताए । उनले सरकारमा रहेका पूर्वमन्त्रीले प्रदेश सरकार भ्रष्ट रहेको बताए पनि त्यसमा सत्यता नभएको बताए ।
 
सरकारले २०८५ सालसम्म प्रदेशको विभिन्न सहरहरुमा विद्युतीय गाडीहरु संचालन गर्ने उनले बताए । एक लाख देखि १० लाखसम्म सहुलियत ऋण प्रवाह गर्न बजेट बैंकलाई पठाएको उनले बताए । पहिलो किस्तामा १ अर्ब रुपैयाँ निकास गर्ने र त्यसमा कति लगानी हुन्छ सोही अनुसार दोस्रो किस्ता पनि निकासा हुने मुख्यमन्त्री पौडेलले बताएका थिए ।  


Author

थप समाचार
x