प्रमुख समाचार

बुटवलमा दुई कोडिड-१९ संक्रमितको मृत्यु

बिक्रम खड्का |
चैत ३०, २०७७ सोमबार ९:५१ बजे

फाइल तस्बिर

बुटवल : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी-९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा-१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए । 

प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । 


त्यस्तै चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। दुवै जनामा निमोनियाको समस्या रहेको गौतमको भनाइ छ। बुटवलमा आइतबार पनि नवलपरासीका एक सक्रमितको मृत्यु भएको थियो ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x