प्रमुख समाचार

जसपामा आन्तरिक किचलो

आफ्ना सांसदको पद बचाउन ठाकुरको पत्र निर्वाचन आयोगमा

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १३:३५ बजे

फाइल तस्बिर

काठमाडौँ : लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) का चार सांसद पदमुक्त भएको विषय निर्वाचन आयोगमा समेत पुगेको छ । अध्यक्ष अध्यक्ष महन्थ ठाकुरले सांसदलाई कुनै पनि कारबाही नगरिएको भन्दै सभामुखलाई पत्र पठाएको भोलिपल्ट उनले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।  जसपाका चार सांसद पदमुक्त भएपछि विज्ञप्ति निकालेर ठाकुरले खण्डन गरेका थिए । 

यही विषयलाई लिएर ठाकुले निर्वाचन आयोगमा आज (शुक्रबार) पत्र पठाएका हुन् । २०७७ पुस सातदेखि बैठक नै नबसेको र कारबाहीको विषय नभएको भन्दै पदमुक्त नभएको उल्लेख गरेका छन् । 


संसदीय दलको निवेदनको आधारमा सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको जनाएको छ । प्रदेश संसदीय दलका नेता उपेन्द्र यादव पक्षका हुन् । निर्वाचन आयोगले उक्त कुरा कानुन त सभामुखको भएको उल्लेख गरेको छ ।

'जनता समाजवादी पार्टी नेपालको कार्यकारिणए समितिको बैठक मिति २०७७/०९/०७ गते पश्चात हालसम्म नबसेको अवस्थामा प्रदेश सभा लुम्बिनी प्रदेशको सचिवालयको सूचना पत्र ४ मा उल्लेखित माननीय सदस्यहरुको प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको व्यहोरा प्रथम दृष्टिमै अवैध एवं गैर कानुनी रहेकोले सो अवैध एवं गैरकानुनी पत्रलाई आधारमानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ,’ ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यो विषय राजनीतिक भएकाले निर्वाचन आयोगले कानुन त यसमा केही पनि गर्न नमिल्ने इकागजसँग भने । आयोगले पत्र दर्ता गर्ने क्रममा पनि यसबारेमा जसपा नेताहरूलाई सुझाउने काम गरेको अर्का अधिकारीले बताए । ति अधिकारीका अनुसार यो विषय सभामुखले हेर्ने हाे भन्दै त्यसतर्फ सुझाउने काम भएको थियो ।

यस्तो छ पत्र,  

 


Author

थप समाचार
x