प्रमुख समाचार

कांग्रेस र माओवादीका लागि प्रदेश २ मा मन्त्रालय टुक्राइँदै

सुभाष कर्ण |
जेठ २६, २०७८ बुधबार ७:० बजे

फाइल फोटो

जनकपुरधाम : प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउन मन्त्रालयहरू टुक्रयाउन लागिएको छ । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा भित्र्याउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेका हुन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको मुख्यमन्त्री राउत निकट स्रोतले जनाएको छ।
भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातारण, भौतिक पुर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर थप ४ वटा मन्त्रालय थपिनेछ।


‘कांग्रेस र माओवादीलाई सरकार सहभागी गराउन छलफल भईरहेको जेठ २७ गते भित्रै टुग्याउनेछ’ प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘ती दलहरूलाई सहभागी गराउन मन्त्रालय टुक्रयाउने कुरामा पनि छलफल भइरहेका छ, तर कुन कुन मन्त्रालय टुक्राउने बारे निर्णय हुन सकेको छैन ।’

यी मध्ये भौतिकबाट टुक्र्याइएका दुवै मन्त्रालय र अर्को एक रोजाई अनुसारको मन्त्रालय कांग्रेसलाई दिइनेछ भने अर्को एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइनेछ । बाँकी दुई वटा मन्त्रालय राउत आफैंले  आफ्नै जनता समाजवादी पार्टीका लागि राख्ने छन्।

मुख्यमन्त्रीले आफ्नो मातहतमा राख्ने मन्त्रालय जसपा ठाकुर समुहबाट आएका सांसदका लागि रिर्जव राख्ने निर्णय समृत भएको श्रोतको दाबी छ । यता कांग्रेसले प्रदेश २ सरकारमा सत्तासहकार्यका छलफल भईरहेको छ । तर हालसम्म कुनै सहमति नभएको बताएका छन ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सत्तासहकार्य गर्ने विषयमा हालसम्म कुनै ठोस निर्णय नभएको बताए । सत्ता सहकार्यका लागि मन्त्रालय टुक्र्याइएको भन्ने खबर हामीले पनि पाएका छौं । तर कुन कुन टुक्राउने र कुन दिने भन्ने बारे छलफल भएको छैन’, उनले भने । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x