प्रमुख समाचार

नेपाल समूहले विपत्ति पीडितलाई सहयोग गर्न बनायो समिति

इकागज |
असार ३, २०७८ बिहीबार १४:४७ बजे

काठमाडौँ : नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लगातारको पानीपछि आएको बाढी, पहिरो र डुबान पीडितको उद्दार र राहतका लागि एउटा समिति बनाएको छ । बिहीबार जुममा बसेको स्थायी समिति बैठकले विपद् व्यवस्थापन विज्ञसमेत रहेका नेता गंगालाल तुलाधरको संयोजकत्वमा राहत र उद्दारका लागि समिति बनाइएको सचिव भीम आचार्यले जानकारी दिए । 

‘आधा घण्टा जुममा स्थायी समिति बैठक बसेर दुई निर्णय गरेका छौं,’ आचार्यले इकागजसँग भने, ‘पहिलो पूर्वप्रधानमन्त्री एवं पार्टी वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय भयो । दोस्रो लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्दार र राहतका लागि विपद् व्यवस्थापन विज्ञ गंगालाल तुलाधरको नेतृत्वमा समिति बनायौं ।’


समितिमा नेता कार्यकर्तालाई थप्दै जाने योजना रहेकाले संख्या नतोकिएको उनले जानकारी दिए । राजनीतिक विषयमा भने कुनै छलफल नभएको उनले बताए ।
 


Author

थप समाचार
x