प्रमुख समाचार

जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक प्रकरण

संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच पुग्यो : सिविफिन

इकागज |
असार ३, २०७८ बिहीबार २०:४५ बजे

काठमाडौं : धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको बारेमा नामसहित प्रकाशित गरेको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल  (सिविफिन)ले आपत्ति जनाएको छ ।

असार १ गते बोर्डले प्रेस विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको वारेमा नामसहित प्रकाशित गरेको थियो । जसकारण सेयर बजार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि सिविफिनले आपत्ति जनाएको हो।


व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिकरुपमा सचेत गराउनु वा कारवाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी हो । 

तर, संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्‍ने  र लाखौ लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास उत्पन्‍न नहुने परिसंघले बताएको छ । विज्ञप्तिमा भनिएको छ, 'संस्थाहरूको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय-समयमा आम लगानीकर्ताहरुलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्नुपर्दछ ।' 

नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सुचिकृत संस्थाहरुको नियामक निकाय भएकाले धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बंधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्‍ने अपेक्षा रहेको सिविफिनले बताएको छ ।


Author

थप समाचार
x