प्रमुख समाचार

कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए पदबाट राजीनामा

इकागज |
साउन ६, २०७८ बुधबार १९:११ बजे

काठमाडौँ - नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । पार्टीमा क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजनको विषयमा असन्तुष्टि जनाउँदै सिंहले बुधबार प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । 

‘मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनस्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु,’ सिंहले कांग्रेस सभापतिसमेत रहेका देउवालाई बुझाएको राजीनामा पत्रमा लेखेका छन् ।  



Author

थप समाचार
x