प्रमुख समाचार

पारस खड्का भन्छन् : अब व्यवस्थापकको भूमिकामा काम गर्छु

इकागज |
साउन २०, २०७८ बुधबार १५:३९ बजे

फाइल तस्‍बिर

काठमाडौँ -  अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफू व्यवस्थापकको भूमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् ।  बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पारसले आफू क्रिकेटबाट नटाढिने बताउँदै भूमिकामात्र बदलिने बताएका हुन् । 

मंगलबार पारसले अन्तराष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय लिएका थिए । पूर्वकप्तान पारसले दुई वर्षअघि नै सन्यासको विषयमा सोचेको भए पनि टिमलाई सहयोग गर्नमात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे । त्यस्तै पारसले  कप्तान र खेलाडीको रुपमा आफूले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको बताए ।


उनी आफूले क्रिकेटरको रुपमा हाँसिल गरेका ठूलो सफलता दर्शकको माया र इज्जत नै भएकाले नेपाली क्रिकेटलाई अझैमाथि पुर्‍याउनु आफ्नो कर्तव्य भएकोे बताउँछन् । क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उनको अनुभव छ ।

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए ।  नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेका थिए । 


Author

थप समाचार
x