प्रमुख समाचार

श्रेष्ठलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी

इकागज |
भदौ १६, २०७८ बुधबार १९:१४ बजे

फाइल तस्बिर

काठमाडौँ – सरकारले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको प्रवक्ता रहेका श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता कार्कीले जानकारी दिए । बैठकले नेपाल मेडिकल काउन्सीलको रिक्त सदस्यमा डा. भेषराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  


कोभिड-१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।
 


Author

थप समाचार
x