प्रमुख समाचार

हत्या अभियोगमा सिपाही ढकाललाई आजीवन कारावासको फैसला

इकागज |
भदौ १७, २०७८ बिहीबार २१:२५ बजे

काठमाडौँ - नेपाली सेनाको समरी जनरल सैनिक अदालतले हत्या अभियोगमा सिपाही गंगाधर ढकाललाई जन्म कैदको फैसला सुनाएको छ । नेपाली सेनाका हुद्दा भरत गुरुङ्गको हत्या गरेको अभियोगमा सिपाही ढकाललाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी आजीवन काराबासको सजाय सुनाइएको हो । 

उनको काराबास गत साउन ७ गतेबाट सुरु भइ २५ वर्ष हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


'मिति २०७८।०४।०७ गते चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं.१७ शारदानगर स्थित सिमल डाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङ्गको हत्या भएको सम्बन्धमा जिल्ला अदालत चितवनको आदेश अनुसार तथा नेपाली सेनाबाट गरिएको कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनको आधारमा नेपाली सेनाबाट मिति २०७८।०५।०९ गते गठन भएको समरी जनरल सैनिक अदालतले सिपाही गंगाधर ढकाललाई हत्या सम्बन्धि कसुर समेत गरेको अभियोगमा दोषी ठहर्‍याई मिति २०७८।०४।०७ गतेबाट गणना हुने गरी जन्म कैद (२५ वर्ष) र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी मिति २०७८।०५।१६ गते फैसला भई प्रतिवादीलाई  मिति २०७८।०५।१७ गते फैसला सुनाई कार्यान्वयन समेत भईसकेको जानकारी गराइन्छ,' निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  


 


Author

थप समाचार
x