प्रमुख समाचार

ईपीएलः काठमाडौँ किंग्सलाई १५८ रनको लक्ष्य

इकागज |
असोज ९, २०७८ शनिबार १४:११ बजे

काठमाडौँ- एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्सले काठमाडौँ किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भइरहेको खेलमा ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनायो । 

ललितपुरका लागि पवन सराफले ६१ रनको योगदान गरे । ४४ बल सामना गरेका पवनको अर्धशतकमा ४ छक्का र पाँच चौका सम्मिलित थिए । डिफेन्डिङ च्याम्पियनका लागि योगेन्द्रसिंह कार्कीले ३३ रन जोडे । 


टस हारेर ब्याटिङ गरेको ललितपुरले खराब सुरुवात गरेको थियो । उसका कप्तान तथा ओपनर कुशेल भुर्तेल पहिलो बलमै आउट भए । विदेशी ओपनर सान्दुम विराकोडीले पनि दुई रन मात्रै बनाए । अर्का विदेशी खेलाडी राङजुङ मिक्यो दोर्जीले अविजित १७ रनको योगदान गरे भने नारायण जोशी पनि १२ रनमा अविजित रहे । 

पाकिस्तानका भेट्रान अलराउन्डर शाहिद अफ्रिदी सम्मिलित काठमाडौँका लागि जितेन्द्र मुखिया सफल बलर साबित भए । उनले १८ रन खर्चेर चार विकेट हात पारे । अफ्रिदीले भने ३२ रन खर्चदा कुनै पनि विकेट लिएनन् । सन्दिप लामिछाने कप्तान रहेको काठमाडौँका लागि गुल्शन झा र रायन बर्लले समान दुई–दुई विकेट लिए । 
 


Author

थप समाचार
x