प्रमुख समाचार

माओवादीले केन्द्रीय कमिटीलाई माघ २७ गते पूर्णता दिने

इकागज |
माघ ९, २०७८ आइतबार १६:४ बजे

फाइल तस्बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटीलाई माघ महिनाभित्रै पूर्णता दिने भएको छ । महाधिवेशन सकिएको डेढ महिनापछि अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक परिपत्र सर्कुुलर गर्दै आगामी बैठकमा कमिटीलाई पूर्णता दिने तयारी थालिएको बताएका हुन् ।  

माओवादीको केन्द्रीय कमिटी बैठक माघ २७ गते बस्दै छ । यसअघि तय भएको बैठक कोभिडका कारण रोकिएको थियो ।  पुस ११–१८मा सम्पन्न भएको महाधिवेशनले अध्यक्षमा दाहाललाई सर्वसम्मत चयन गरे पनि पदाधिकारी बनाउन सकेन । 
 


 


Author

थप समाचार
x