प्रमुख समाचार

११२८  जना नयाँ कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

इकागज |
माघ २८, २०७८ शुक्रबार १६:१४ बजे

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १२८  जना नयाँ कोभिड संक्रमित थपिएका छन्। आज  २० हजार ९८९ जनामा परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् ।  

त्यस्तै आज २ हजार २१५ जना कोभिड संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार  देशभर २७ हजार ४४१ सक्रिय संक्रमित छन् ।   



Author

थप समाचार
x