प्रमुख समाचार

टिकटकले बजार खोसेपछि मेटाको नयाँ कदम

इकागज |
फागुन ११, २०७८ बुधबार १३:६ बजे

काठमाडौँ - फेसबुक मातृ कम्पनी मेटाले विश्वभरका प्रयोगकर्ताका लागि रिल्स (टिकटक जस्तै) फिचर सार्वजनिक गरेको छ । मेटाले विश्वका १५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका उपलब्ध गराउन लागेको हो ।

टिकटकले भिडियो बजारमा आफ्नो पकड मजबुत बनाएपछि फेसबुकले सो कदम चालेको हो । केही समयदेखि फेसबुकका प्रयोगकर्ता र सेयरमा निरन्तर गिरावट आइरहेको छ । यसबाट पार पाउनको लागि फेसबुकले नयाँ फिचर विश्वभर उपलब्ध गराउन लागेको हो । हाल विश्वमा सबैभन्दा धेरै समय प्रयोगकर्ताले टिकटकमा बिताउने गरेका छन् । 


फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ एडिटिङ फिचरका साथै विज्ञापनको विकल्प समेत समावेश गरेको छ । हुन त यसमा रहेका अधिकांश फिचर यसअघि अमेरिकासहितका ५० देशमा देशमा  उपलब्ध थिए ।

यसमा पनि टिकटकमा जस्तै फिचरहरू रहेको टेक क्रन्चले उल्लेख गरेको छ । फेसबुक रिल्समा मनिटाइजेसन अर्थात विज्ञापन राखेर समेत आम्दानी गर्न सकिने फिचर थप गर्ने भएको छ । जसमा दुई नयाँ शैली अपनाइनेछः जसमा पहिलो फेसबुक रिल्सको तल्लो भागमा अर्ध पारदर्शी तहको रुपमा ब्यानर विज्ञापन रहनेछ ।

अर्को चाहिँ स्टाटिक स्टिकर विज्ञापन हुनेछ, यसलाई चाहिँ ‘इन-स्ट्रिम एड’ उपलब्ध भएका देशमा रहने क्रियटर आफैँले अन्यत्र राख्न सक्नेछन् । प्रयोगकर्ताले आगामी सातामा रिल्सलाई स्टोरी, वाच ट्याब लगायत फेसबुकका अन्य स्थानमा समेत सेयर गर्न सक्नेछन् ।

कम्पनीले रिल्सको सफलता झल्काउने कुनै पनि तथ्याङ्क हालसम्म बाहिर ल्याएको छैन । मेटा स्न्यापच्याटको स्टोरी इन्स्टाग्राममा कपी गर्ने लगायतका कार्यमा सफल रह्यो । तर टिकटकलाई चुनौती दिन भन्दै फेसबुकले ल्याएको रिल्सको भविष्य के हुन्छ, त्यो चाहिँ अझै अनिश्चित नै छ । टिकटकमा अभ्यस्त भैसकेका प्रयोगकर्तालाई फेसबुक रिल्समा ल्याउन निकै कठिन हुनेछ यसमा मेटा कतिको सफल हुन्छ त्यो भने हेर्न बाँकी छ ।


Author

थप समाचार
x