प्रमुख समाचार

महानगरीय अपराध महाशाखाका प्रमुख फेरिए

इकागज |
फागुन ३, २०७७ सोमबार १६:५१ बजे

काठमाडौं : गृह मन्त्रालयले महानगरीय अपराध महाशाखा, बानेश्‍वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णयबाट थापाको महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्यालयमा सरुवा भएको हो । 

गृहमन्त्री थापाले एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई काज सरुवा गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । 
 



Author

थप समाचार
x