प्रमुख समाचार

पुन: एक रूपैयाँको सिक्का प्रचलनमा

पुन-एक-रूपैयाँको-सिक्का-प

फागुन २४, २०७८ मंगलबार १८:६ बजे

काठमाडौँ – नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का पुन: प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले आजबाट साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो ।

बैंकले जारी गरेको विज्ञप्तीअनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहने छ । नयाँ सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरई वान र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेश खुल्ने गरिएको नेपालको नक्सा र नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमताका व्यक्तिहरुका लागि स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने एउटा मोटो थोप्ला रहेको छ ।

सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसट्ठी वटा थोप्लाहरु रहेको छ भने आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ। सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

NRB Rs 1



Author

थप समाचार
x