प्रमुख समाचार

सुरक्षित स्थानमा पुग्याे युक्रेनबाट विस्थापित ५६२ नेपालीकाे टाेली

युक्रेनबाट-विस्थापित-५६२

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:७ बजे

लन्डन – रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानियाँ र माल्दावा लगायतको देशमा पुगेका छन् ।

हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना र चार जना माल्दावा पुगेका समितिले जनाएकाे छ ।

युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर लागेका हुन् । तीमध्ये करिब चार दर्जन नेपाली गैरआवासीय नेपाली संघ पाेर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए । थापाका अनुसार ती नेपालीहरूलाई एनआरएन पाेर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीवी खड्काले जानकारी दिए ।

यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सक्रिय छ । युद्धबाट विस्थापित नेपालीहरूको उद्धारको लागि राजदुत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफैँ खटिएका थिए ।



Author

थप समाचार
x