प्रमुख समाचार

वैशाख ३० गते खोप कार्यक्रम स्थगित हुने

इकागज |
बैशाख २५, २०७९ आइतबार १३:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - वैशाख ३० गते कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन स्थगित हुने भएको छ । स्वास्थ्यकर्मीहरू स्थानीय निर्वाचनको मतदान स्थलमा परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरू मतदान कार्यक्रममा सहभागी हुने भएकाले अतिरिक्त तथा नियमित खोप कार्यक्रम नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निर्वाचनको अघिल्लो र पछिल्लो दिनमा भने नियमित खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले विज्ञप्‍ति जारी गरी उल्लेख गरेको छ ।


त्यसैगरी छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दै गएकाले नेपालमा जोखिम रहेको मन्त्रालयले बताएको छ । 'संक्रमण बढ्ने सम्भावना रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरिएको छ,' मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा लेखिएको छ ।

Image


Author

थप समाचार
x