संसद्

आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

इकागज |
जेठ १२, २०७९ बिहीबार ६:४४ बजे

काठमाडौँ - संसद्‍मा आजदेखि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची छ । 

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। 


सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारको तर्फबाट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।  


Author

थप समाचार
x