संसद्

चुनावी सरकारले सीमा मिचेर बजेट ल्यायो : विष्णु पौडेल

इकागज |
जेठ १७, २०७९ मंगलबार ११:३५ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकारले चुनावी सरकार भएको हेक्का नराखी बजेट ल्याएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९–०८० का लागि शनिबार संसद्‍मा प्रस्तुत भएको बजेटमाथिको छलफलमा यस्तो टिप्पणी गरेका हुन् । 

‘पाँच महिनाको चुनावी सरकारले सीमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकारले जस्तो बजेट प्रस्तुत गरेको छ,’ उनले भने, ‘यसले भोलि निर्वाचित भएर आउने सरकारलाई बोकी नसक्नुको भार थोपरेको छ ।’
 



Author

थप समाचार
x