संसदीय दलको कार्यालय व्यवस्थापनमा जुट्यो संसद् सचिवालय
फाइल तस्बिर
काठमाडौँ- संघीय संसद् सचिवालय दलहरूको संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको छ । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेका बेला संसद् सचिवालय दलको सङ्ख्या आकलन गरी आवश्यक तयारीमा जुटेको हो ।
कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरूको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य भइरहेको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । उनले सकभर सिंहदरबारमा नै संसदीय दलको कार्यालयको व्यवस्थापन गर्ने र ठाँउ अभाव भए संसद भवन नयाँ बानेश्वरमा समेत केहि दलको कार्यालय स्थापना गर्ने गरि तयारी भइरहेको उनले बताए ।
त्यस्तै प्रवक्ता पाण्डले संसद् बैठकको तयारीका लागि बानेश्वरस्थीत संसद भवनका पूर्वाधार, स्वास्थ्य मापदण्ड लगाएतका बिषयमा आवश्यक तयारी गरिरहेको जानकारी दिए । संघीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा हुन अझै तीन बर्ष लाग्ने देखिएकाले संसदको नयाँ अधिवेशन बानेश्वरमा नै हुने उहाले बताए ।
निर्वाचनको अन्तिम परिणाम आएको ३० दिन भित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया