उपराष्ट्रपति निर्वाचन : चार जनाको उम्मेदवारी कायम

काठमाडौं - उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चार जनाको उम्मेदवारी कायम भएको छ । शनिबार मनोनयन दर्ता गरेका उपर परेका उजुरीमाथि जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चार जना उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो ।
जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया