संसद्

राष्ट्रपतिको शपथ ग्रहणमा सभामुख उपस्थित नहुने

इकागज |
फागुन २९, २०७९ सोमबार ६:४६ बजे

फाइल तस्बिर

काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे भने अनुपस्थित हुने भएका छन् । सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका जानु अघि फागुन २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने जानकारी पौडेललाई गराएका थिए ।


नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएर सभामुख घिमिरे गत २६ फागुनमा बहराइन गएका हुन् ।

उनी सो जानकारी गराउनका लागि बोहोराटारस्थित पौडेल निवास पुगेका थिए । 


Author

थप समाचार
x