संसद्

प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कुनै आधार र कारण देखिएन : उपाध्यक्ष पौडेल

इकागज |
चैत ६, २०७९ सोमबार १४:२६ बजे

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुनै आधार नभएको बताएका छन् । सोमबार प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको विषक्षमा बोल्दै पौडेलले यस्तो धारणा राखेका हुन् ।

‘प्रधानमन्त्रीले विश्वासको मत दिने प्रस्तावको विपक्षमा नेकपा एमाले छ,’ उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत माग्नु भएको छ । तर, जस्तो परिस्थितिमा र पृष्ठभूमिबाट आज उहाँ यो विन्दुमा आइपुग्नुभएको छ । जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । मलाई के लाग्छ भने उहाँलाई विश्वासको मत दिने कुनै आधार र कारण देखिएन ।’


उनले नेकपा एमाले मात्रै होइन सिंगो सदन यो प्रस्तावको विपक्षमा उभिन अनुरोध गरेका छन् । उनले पुष १० को सहमति कायम गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना समेत गरे । अहिले राष्ट्रिय सहमतिको एमालेको विरोध गर्ने मात्रै भएको उनले आरोप लगाएका छन् ।
 


Author

थप समाचार
x