संसद्

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्न अध्यक्ष यादवकाे सुझाव

इकागज |
बैशाख २६, २०८० मंगलबार १५:११ बजे

फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । मंगलबार सरकारले प्रस्तुत गरेकाे आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष यादवले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए । उनले उत्पादनमूलक उद्योगहरूलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने जिकिर गरे । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताए ।


यादवले हरित क्रान्ति कार्यक्रम लागू गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने उल्लेख गरे । 


Author

थप समाचार
x