संसद्

नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भए : योगेश भट्टराई

इकागज |
जेठ २२, २०८० सोमबार १९:१६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन् । 

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बन्नुभएको बताए । 


उनले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताए । उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरिरहेको भन्दै विरोध जनाए । उनले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताए । 

उनले भने, ‘आज संसदमा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो । यसरी निरीह भएर कहिल्यै पनि प्रस्तुत भएको छैन । किनभने उहाँसँग कुनै तर्क नै छैन । उहाँको धारणा नै कमजोर र फितलो छ । उहाँले विधेयक प्रमाणीकरणको गलत बाटो अपनाउनुभएको छ । अदालतले रोकिदिइसकेको छ । उहाँसँग कुनै तर्क छैन । अनि कुतर्क गर्ने भावनात्मक कुरा गर्ने, प्रधानमन्त्रीले संसदलाई ढाँट्न भएन, बंगलादेश बाटोबारेमा म बोलेकै छैन, हामीले सुनाइदिएका छौँ त, अनि भारतमा गएर नेपालको बारेमा विवादास्पद अभिव्यक्ति दिने । यत्रो मुलुकलाई विवादित बनाएर उहाँले विष खुवाउनुभएको छ ।’ 

सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोप लगाए । 


Author

थप समाचार
x