संसद्

करको दरमा हेरफेर गरेको भन्ने कुरा झुट्टो : अर्थमन्त्री महत

इकागज |
जेठ २३, २०८० मंगलबार १४:४४ बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा विचौलियाको प्रभाव नपरेको स्पष्ट पारेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै महतले करको दरमा हेरफेर गरेको भन्ने कुरा झुट्टो भएको बताएका हुन् ।

उनले भने, 'बजेटमा विचौलियाको प्रभावमा परी करमा हेरफेर गर्यो भन्ने आरोप आएको छ त्यो झुट्टो हो म सिस्टममा विश्वास गर्छु ।'  सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रतिपक्षले सांसदमा प्रश्न उठाएका थिए । 



Author

थप समाचार
x