संसद्

करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली

इकागज |
जेठ २३, २०८० मंगलबार १५:१२ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा निर्माणमा व्यापारीलाई सहयोग पुग्ने गरी बनाइएको आशंका व्यक्त गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उनले सरकारले लिएको आर्थिक वृद्धिदर पूरा नहुने बताए । करका दरमा व्यापारीको अनुहार देखिने भन्दै उनले हरेक क्षेत्रमा विचौलियाको प्रवेश देखिएको बताए । यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । 


बजेट निर्माणमा पूर्व नासु रामकृष्ण केसीको सहभागिताबारे दिएको जवाफप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा दिएको भन्दै उनले आयातभन्दा पनि देशभित्रकै खानी प्रशोधन गर्नुपर्नेमा जोड दिए । 
 


Author

थप समाचार
x