संसद्

वर्तमान सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न सक्दैन : ओली

इकागज |
जेठ २३, २०८० मंगलबार १७:११ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका छन् ।​ मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले वर्तमान सरकार नेपाललाई विकासित देशका रूपमा रूपान्तरण गर्न नसक्ने बजेट ल्याएको सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपालको समृद्धिका साथै देशको हितविपरीत आएको बजेटलाई स्वीकार गर्न नसकिने जिकिर गरे । बजेट संसदबाट अंकगणितीय हिसाबले पास हुन सक्ने भए पनि व्यवहारिक रूपमा नै पारित हुनुपर्ने उनले बताए । उनले गठबन्धनको जीवनरक्षाका लागि मात्रै आएको बजेट भएको र नेपाल र नेपालीको हितका लागि नआएको तर्क गरे । यस्तै ओलीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै बजेटले लिएको लक्ष्य पूरा नहुने दाबी गरे ।



Author

थप समाचार
x