संसद्

अनुसन्धानमा प्रधानमन्त्री नै दोषी देखिए नि छोड्न आवश्यक छैन, मेरो पार्टीको नेताको त के कुरा : प्रचण्ड

इकागज |
भदौ १२, २०८० मंगलबार १२:९ बजे

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार लगायतका अनुसन्धानमा प्रधानमन्त्री नै दोषी देखिएता पनि कारबाही गर्नुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा रास्वपाका सांसद् असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।


‘मैले दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्त अनुरुप नै प्रहरी प्रशासनलाई निर्देशन दिएको छु,’ उनले भने, ‘मैले यतिसम्म पनि भनेको छु कि अनुसन्धानको क्रममा प्रधानमन्त्री दोषी देखिन आउँछ भने पनि  छोड्न आवश्यक छैन, मेरो पार्टीको नेताको त के कुरा भनेर सार्वजनिक रुपमा भन्दै आएको छु ।’


Author

थप समाचार
x