संसद्

नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

इकागज |
भदौ १७, २०८० आइतबार १७:५२ बजे

काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् ।

आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी हुन् । उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताइन् ।


सभापति​ देउवाले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने जिकिर गरिन् ।

उनले भनिन्, ‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर, मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तीन वर्षमा कम भयो । यो चाहीँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

देउवाले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताइन् ।


Author

थप समाचार
x