संसद्

सरकारले संविधान विरोधी काम गरेको छ : ओली

इकागज |
असोज १६, २०८० मंगलबार १४:१४ बजे

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान बिरोधी काम गरेको आरोप लगाएका छन् । मंलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘राष्ट्रिय स्वभिमान र गौरव विरोधी काम यो सरकारले गरेको छ,’ उनले भने, ‘संविधान बिरोधी काम गरेको छ । राष्ट्रहित र जनबिरोधी काममा यो सरकार व्यस्त छ । के के बुँदामा म पछि भन्छु । अकारण मैले कुनै कुरा मेले आरोपित गरेको छैन ।’


सरकारले विकास निर्माणका काम र विदेश सम्बन्धसमेत खलबल्याएको उनको आरोप छ ।  

‘विकास निर्माणलाई अवरुद्ध पार्न, विदेश सम्बन्धसमेत खल्बल्याउन र सम्पूर्ण राज्य प्रणालीलाई विश्रृङखलित बनाउन यो सरकार दत्त चित्त भएर लागेको छ,’ उनले भने ।

सरकारमा सहभागी भएर मन्त्री बन्न मात्रै जनताले आफूहरूलाई नपठाएको उनले बताए । जनताले देशको विकास र सार्वभौम सत्ताको पक्षमा उभिन सांसदहरूलाई जिताएर पठाएको उनको भनाइ छ । 
 


Author

थप समाचार
x