संसद्

संक्रमणकालीन न्याय टुंग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक छ : सांसद पुन

इकागज |
कात्तिक १६, २०८० बिहीबार १४:२५ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुंग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको जिकिर गरे । उनले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू पीडितमैत्री बनाइ टुंग्याउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढे पीडितहरूलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने उल्लेख गरे ।


सांसद पुनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । 


Author

थप समाचार
x