संसद्

संसद्‍लाई फलदायी बनाउन सरकार गम्भीर देखिएन : अध्यक्ष तिमिल्सिना

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १८:४ बजे

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसद्‍को वर्षे अधिवेशन उपलब्धि मूलक नभएको बताएका छन् ।

सरकारले अघिल्लो अधिवेशनमा पेस गरिएको अतिआवश्यक विधेयक समेत वर्षे अधिवेशनमा नल्याउँदा संसद्‍को यो अधिवेशन फलदायी हुन नसकेको उनको भनाइ थियो । शुक्रबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरूले आफैँले प्रस्तुत गरेको विधेयकसमेत अपवाद बाहेक चासो समेत नलिएको गुनासो समेत गरे ।


संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संघीय निजामती सेवा जस्ता अतिआवश्यक विधेयक समेत सरकारले संसदमा नल्याएको उनले स्मरण गराए । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयकहरू ल्याउनका लागि ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए । सरकारले विधेयकहरू ल्याउन नसकेका कारण संसद् प्रभावकारी हुन नसकेको उनको दाबी थियो ।

अध्यक्ष तिमिल्सिनाले सरकारले बिजनेश नदिएपछि आफूले पटक-पटक राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गर्नुपरेको बताए ।

अध्यक्ष तिमिल्सिनाले सरकारले गैर सरकारी विधेयकलाई संसदमा प्रोत्साहित गर्न नचाहेको बताए । गैर सरकार विधेयक सरकारकै अंग बन्ने भए पनि त्यसलाई संसदबाट पास गराउन अनिच्छुक देखिएको बताए ।


Author

थप समाचार
x