संसद्

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकसहितको बैठक

इकागज |
माघ १९, २०८० शुक्रबार १४:३७ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा छलफल गर्न प्रमुख सचेकत र सचेतकहरूको बैठक बोलाएका छन् ।

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्ने गरी सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल गर्न दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 


मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सोही आह्वानअनुसार संघीय संसद् सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गरेको थियो । 


Author

थप समाचार
x