संसद्

तीन संसदीय समितिको बैठक बस्दै

इकागज |
माघ २५, २०८० बिहीबार ६:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्‌का तीन समितिको बैठक बस्दैछ ।

संसद्‌ सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो । तीन वटै समितिको बैठक आज बिहान ११ बजेदेखि सुरू हुनेछ । 


शिक्षा समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ भने राष्ट्रिय सरोकार समितिमा १६औँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ ।

साथै, दिगो विकास समितिमा संघीय संसद्‌ भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने संसद्‌ सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x