संसद्

राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने

इकागज |
फागुन १४, २०८० सोमबार १६:५२ बजे

काठमाडौँ- राष्ट्रिय सभा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ माथि चार दिन छलफल हुने भएको छ । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । 


उक्त प्रस्तावमाथि छलफल गर्न सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार दिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन १७, २७, २९ र ३० गते छलफल हुने जानकारी गराएका हुन् । 

दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ-आफ्ना वक्ताको नाम बैठक सुरु हुनुभन्दा एक दिन अगाडि नाम टिपाउन उनले भनेका छन् । 

साथै सभाध्यक्ष तिमिल्सिनाले छलफलका क्रममा सांसदहरूले दिएको सुझावको टिपोट गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । 


Author

थप समाचार
x