संसद्

संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वाभाविक : उपाध्यक्ष पौडेल

इकागज |
फागुन २४, २०८० बिहीबार १४:५५ बजे

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वाभाविक भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने कही कतै नभएको भन्दै संसदभित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वाभाविक प्रक्रिया भएको बताएका हुन् ।


उनले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने उल्लेख गरे । पौडेलले मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन बनेको भन्दै यसलाई अविचलित रूपमा अघि बढाउनुपर्ने बताए ।

उनले अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहने पनि बताए । 


Author

थप समाचार
x