संसद्

नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान

इकागज |
फागुन २४, २०८० बिहीबार १६:४४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे ।

मिटरब्याजी पीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्छ,' अध्यक्ष लिङ्देनले भने, 'प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।'



Author

थप समाचार
x