संसद्

संसदमा महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन पेस

इकागज |
फागुन २४, २०८० बिहीबार १६:५३ बजे

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेस गरे ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।


प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्नेछ ।


Author

थप समाचार
x