संसद्

प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

इकागज |
फागुन ३०, २०८० बुधबार १५:४७ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि भएको मत विभाजनका क्रममा जम्मा उपस्थित २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत प्राप्त भएको थियो भने  विपक्षमा ११० मत परेको छ, त्यस्तै मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए । 


सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको विश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । 

प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । सत्ता समीकरण परिवर्तन भएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । 


Author

थप समाचार
x