संसद्

प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी मुद्दा

'सरकारी कार्यालय साँझ पाँच बजे बन्‍द हुन्‍छन्, मध्यराति निर्णय गर्नुपर्ने जरुरी के थियो ?'

इकागज |
असार ९, २०७८ बुधबार १२:४६ बजे

काठमाडौँ : अधिवक्‍ता गोविन्द बन्दीले संविधानको सबै धाराबाट केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने नियतका साथ निर्णय गरेको देखिएको दाबी गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासको आजको बहसमा भाग लिँदै उनले संसद्‍को विश्‍वास गुमाइसकेको व्‍यक्‍ति फेरि प्रधानमन्‍त्रीमा दाबी गर्न मिल्‍छ कि मिल्‍दैन भन्‍दै प्रश्‍न गरे । 

'मध्यराति निर्णय गर्नुपर्ने जरुरी के थियो ? सरकारी कार्यालय साझ ५ बजे बन्द हुन्छ । राष्ट्रपति कार्यालयले यस्तो महत्त्वपूर्ण विषयमा मध्यराति निर्णय गर्नुपर्थ्यो ?,' उनले भने, 'हामीलाई प्रतिवाद गर्ने मौका समेत दिइएन । संविधानको सबै धाराबाट केपी ओली प्रधानमन्त्री बन्नुपर्छ भन्ने नियतका साथ निर्णय गरेको देखिन्छ । संसद्को विश्वास गुमाइसकेको व्यक्तिले फेरि प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ कि मिल्दैन ?'


उनले स‌विधानमा दलको पत्र चाहिन कतै नभनिएको जिकिर गरे । 'संविधानको धारा ७६(५) डिपार्चर छ श्रीमान । गर्नसक्नेछ होइन गर्नेछ भनिएको छ, उनले भने, 'मनमोहन अधिकारीको मुद्दामा पनि यसमा स्पष्ट गरिएको छ । प्रेसिडेन्टले गर्नैपर्ने व्यवस्था हो । कुनै संविधानमा दलको समर्थनको पत्र चाहिन्छ भन्या छ ? अरु धारामा भन्या होला । यो धारामा भन्या छैन । लिखित संविधान भएको मुलुकमा संविधानले मै सबै तय गरिएको हुन्छ । शासकलाई संविधानमाथी राखिन्न ।'


Author

थप समाचार
x