संसद्

मनसुनी विपत्ति : सरकारमाथि सांसदका आरोपैआरोप

इकागज |
असार ९, २०७८ बुधबार १४:५० बजे

काठमाडौँ : विपतको सामना गर्न सरकारले तयारी नगरेको सांसदले आरोप लगाएको छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदले सरकार विपतको अवस्थामा निकै कमजोर भएको आरोप लगाएका हुन् ।

बैठकमा सांसद् नारायणकाजी श्रेष्ठले कुनै पनि सरकार पूर्व तयारी नगरि बस्नाले वर्षेनी नेपालमा धनजनको क्षति भएको आरोप लगाए । उनले सरकारलाई जनउत्तरदायि बनाउन र जनातको जीउधनको सुरक्षा गर्न अग्रहसमेत गरे । श्रेष्ठले भारतले अतिक्रमण गरेको भूभागका बारेमा वार्ताको पहल गर्न र नेपाली भूभागमा बनाइरहेको बाटो तत्काल रोक्न कूटनीतिक पहल गर्न सरकारसंग आग्रह गरे । 


बैठकमा सांसद खिमलाल भट्टराईले खोप नपाएका जनतालाई खोप दिन पहल गर्नु पर्ने बताए । उनले दक्षिण एसियामा खोप लगाउने देशमा नेपाल दोस्रो स्थानमा भएपनि खोल लगाउन बाँकी जनसंख्यालाई खोपको व्यवस्थापन गर्न सरकारसंग आग्रह गरे । उनले विगतमा भोगेका समस्या फेरी दोहोरिन नदिन सरकारले पहलकदमी चाल्नु पर्ने र कोरोनाको तेस्रो लहरको सामना गर्न दरिलो भएर लाग्नु पर्ने जिकिर गरे ।

सांसद भट्टराईले बाढी पहिरो गएका ठाउँमा राहत र उद्धारका कार्यमा तीव्रता दिन सरकारसँग माग गरे । लिपुलेक क्षेत्रमा नेपालको भू-भाग मिचिएको हो वा होइन सत्य-तथ्य बुझनु सांसद भट्टराईएको माग गर्दै चाँडो भन्दा चाडो लिपुलेकबारे तथ्य बाहिर ल्याउनुपर्ने तर्क गरे । बाढी र पहिरोबाट संकटमा परेका जनताको तत्काल आवश्यक पर्ने ठाउँमा उद्धार, राहत र वासस्थानको व्यवस्था गर्नुपर्ने सांसदको भनाई छ ।


Author

थप समाचार
x