संसद्

राष्ट्रिय सभाः नागरिक उड्‍डयन प्राधिकरण विधेयक २०७६ पारित

इकागज |
साउन १८, २०७८ सोमबार १५:५० बजे

काठमाडौँ - राष्ट्रियसभा बैठकमा स्टाण्डर्ड नाप र तौल(पाचौँ संशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । सोमबार बसेको बैठकमा  विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गरेका हुन् । 

त्यस्तै  प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।


बैठकले पूर्व प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव परित गरेको छ ।  राष्ट्रियसभाको अर्काे बैठक यही साउन २० गते बुधबार दिनको १ बजे बस्ने बोलाइएको छ ।

 


Author

थप समाचार
x