संसद्

अफगानिस्तानमा रहेका नेपालीबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

इकागज |
साउन ३२, २०७८ सोमबार १३:४९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रतिनिधि सभाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित रहने वातावरण बनाउन र यथाशिघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । सभामुख अग्‍निप्रसाद सापकोटाले अफगानिस्तानमा घटेको घटनाका कारण त्यहाँ रहेका नेपालीको सम्बन्धमा प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको भन्‍दै उनीहरूलाई सुरक्षित रहने वातारवण बनाउन र यथाशीघ्र सकुसल ल्याउने व्यवस्था गर्न र सोसम्बन्धी विवरण आगामी बैठकमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो । 


 



Author

थप समाचार
x