दल

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

इकागज |
असार २७, २०७९ सोमबार १४:४७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न भन्दै कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । स्थानीय तहको निर्वाचनपश्चात पहिलो पटक कांग्रेसले केन्द्री समिति बोलाएको हो । 

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । यता, शेखर कोइराला पक्षले भने प्रधानमन्त्री देउवाको कार्यशैली चित नबुझेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउने बताएको छ । 


यसअघि शेखर पक्षका नेताहरूले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको निष्कर्ष निकालेको थियो । आज नै, शेखर पक्षका नेता तथा कार्यकर्ताले पार्टी मुख्यालय सानेपामा प्रदर्शन गरेका छन । 


Author

थप समाचार
x