दल

कमल थापाको स्वीकारोक्ति

'विगतमा सिद्धान्त र आदर्शभन्दा सत्ता स्वार्थ प्राथमिकता हुन गयो' (पूर्ण पाठ)

'आगामी चुनावबाट राप्रपा नेपाललाई कम्तीमा राष्ट्रिय पार्टी बनाउँछौँ'

इकागज |
साउन ३१, २०७९ मगलवार १०:४४ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतमा नयाँ संविधान निर्माणपछि पार्टी ठूलो बनाउने अति महत्वाकांक्षाले गलत प्रवृत्ति, सिद्धान्तहीनता र अवसरवादीतासँग सम्झौता गर्नु त्रुटि भएको स्वीकार गरेका छन् । काठमाडौँमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शभन्दा सत्ता स्वार्थ प्राथमिकता हुँदा पाँच वर्ष राष्ट्रिय राजनीतिमा राप्रपा भूमिका र महत्वविहीन भएको बताएका हुन् । 

'नयाँ संविधानअनुसार चुनाव हुने भएपछि पार्टी ठूलो बनाउने अति महत्वाकांक्षा राख्दा हामीले गलत प्रवृत्ति, सिद्धान्तहीनता र अवसरवादीतासँग सम्झौता गर्न पुग्यौँ । त्यहीँबाट हाम्रो त्रुटिहरूको श्रृंखला सुरु भयो,' थापाले प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ, 'सिद्धान्त र आदर्शभन्दा सत्ता स्वार्थ हाम्रो प्राथमिकता हुन गयो । फलस्वरूप गत पाँच वर्ष राष्ट्रिय राजनीतिमा हामी भूमिका र महत्वविहीन हुन पुग्यौँ ।' 


विगतका अनेक त्रुटि र कमजोरीहरूबाट पाठ सिकेर राप्रपा नेपाललाई पुनर्जागृत गरेको उनको भनाइ छ । आसन्न मंसिरमा हुने संघीय निर्वाचन राप्रपाको निम्ति अग्निपरीक्षा हुने उनको ठहर छ । आगामी चुनावबाट राप्रपा नेपाललाई कम्तीमा राष्ट्रिय पार्टी बनाउने उनको प्रण छ । 

'चुनाव हाम्रो निम्ति अग्नीपरीक्षा हो । जुन परीक्षामा अनुत्तीर्ण हुने सुविधा हामीलाई छैन,' उनले भनेका छन्, 'हामी निश्चितरूपले सफल हुन्छौँ, यही आत्मविश्वासका साथ आवश्यक तयारी गर्नुपर्छ । आगामी चुनावबाट हामीले राप्रपा नेपाललाई कम्तीमा राष्ट्रिय पार्टी बनाउने छौँ । त्यसपछि हामीले कहिल्यै पछि फर्केर हेर्नु पर्ने छैन ।'

यस्तो छ अध्यक्ष थापाले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको कार्यपत्र


Author

थप समाचार
x